तिलोत्तमा //
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर १० स्थित सेमरा स्वास्थ्य चौकीमा निःशुःल्क स्थायी बन्ध्याकरण शिविर सम्पन्न गरेको छ । स्वास्थ्य कार्यालय रुपन्देही र मेरी स्टोप्स सेन्टर काठमाण्डौको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरबाट ३० जनाले स्थायी बन्ध्याकरण गराएका हुन । स्थायी बन्ध्याकरण गराउनेहरुमा पुरुषको ४ जना र महिला २६ जना रहेका थिए ।
मिलिल्याप गराउने महिलाको संख्या २५ छ भने र भ्यासेक्टोमी गराउने पुरुषको संख्या ४ मात्रै छ। अस्थायी बन्ध्याकरण गराउनेको संख्या २ जना मात्रै रहेको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी आचार्यको भनाइ छ।
सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले परिवार नियोजनका लागि हरेक वर्ष निःशुल्क शिविर सञ्चालन गर्दै लैजाने र निःशुल्क बन्ध्याकरण सेवालाई थप सशक्त बनाएर चेतनास्तरसम्म लैजाने बताउनुभयो । उनले सन्तानको रहर पुगेका दम्पत्तिहरुलाई निःशुल्क रुपमा दक्ष तथा अनुभवी प्राविधिक एवं चिकित्सकबाट सहज रुपले घरमै एम्बुलेन्स लगेर लाने ल्याउने व्यवस्थासहित सो सेवा सञ्चालन गरिएको बताउनुभएको छ ।