spot_img
spot_img
spot_img

बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग

spot_img

काठमाण्डौ //

बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारसँग माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले पछिल्लो समय सयौँको सङ्ख्यामा साना किसानहरू कृषि मन्त्रालयमा पुगेर रोइरहेको गुनासो गर्दै बैंकहरूले किसानलाई मर्कामा पारेकोले ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले किसानहरूले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

यसैगरी स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले पछिल्लो समय मानिसहरू आत्मदाह गर्ने बढेको भन्दै आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरिय न्यायिक समिति गठन गर्न माग गर्नुभएको छ । उहाँले मानिसहरूले सामान्य जीवन चलाउन समस्या भएको अवस्थामा न्यायिक समितिले जीवन चलायन सहज बनाउने बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img