spot_img
spot_img
spot_img

लुम्बिनीमा हुने रामकथा प्रवचनको बिरोधमा नेपाल मगर बौद्ध सेवा समाजद्वारा ज्ञापनपत्र

spot_img

कञ्चन//
यही माघ २१ गते देखि २९ गते सम्म लुम्बिनीको सभाहलमा सञ्चालन हुन लागेको रामकथा प्रवचन कार्यक्रमको यथासक्य रोक लगाई विश्व शान्तीका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई गैर बौद्ध धर्म सम्बन्धी कार्य गर्न नदिन भन्दै नेपाल मगर बौद्ध सेवा समाज लुम्बिनी प्रदेशले लुम्बिनी बिकास कोषमा ज्ञापनपत्र बुझाएको छ। कोषका सदस्य सचिव सानुराजा शाक्यलाई ज्ञापनपत्र बुझाउदै नेपाल मगर बौद्ध सेवा समाज लुम्बिनी प्रदेशका उपाध्यक्ष पार्वती घर्ति मगरले विश्वका बौद्धधर्मावम्बीहरुका आस्थाको केन्द्र लुम्बिनीमा यही माघ २१ गते देखि ९ दिन सम्म सञ्चालन हुन लागेको रामकथा प्रवचन कार्यक्रम बौद्धधर्मका अनुयायीहरु माथीको ठाडो हस्तक्षेपको सिलसिला भएको बताउनुभएको छ।

बौद्धमार्गीहरको पवित्र स्थल लुम्बिनीलाई कुनैपनि बहानामा बौद्ध दर्शन, मुल्यमान्यता र संस्कृति बिरुद्ध सञ्चालन हुने कुनै पनि कार्य असह्य हुने बताउदै उपाध्यक्ष घर्ति मगरले भारतिय आध्यात्मिक हिन्दु गुरु मोरारी बापुबाट रामकथा प्रवचनको नाममा हुन गईरहेको हिन्दु धर्म सम्बन्धी कार्यक्रम प्रति नेपाल मगर बौद्ध सेवा समाज लुम्बिनी प्रदेशको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो।

रामकथा प्रवचन सुन्नका लागि छिमेकी देश भारतबाट करिब २ हजार भन्दा बढी पर्यटकहरुको आगमन हुने समेत सदस्य सचिव शाक्यले बताउनुभयो। सदस्य सचिव शाक्यले नेपाल मगर बौद्ध सेवा समाज लगायत बिभिन्न संघसंस्थाहरुबाट प्राप्त भएको ध्यानाकर्षणबारे सम्बन्धित आयोजक तथा सरोकारवाला बिच छलफल गराई उपर्युक्त निकासतर्फ लैजाने प्रतिवद्धता जनाउनु भयो। यस्तै कोषका कोषाध्यक्ष सिद्धीचरण भट््राइले प्रवचनको नाम रामकथा भनिएको भएपनि उक्त कार्यले देशभरका बौद्ध धर्मावलम्बीहरुको आँचमाथी कुनै आघात नपुग्ने बताउनुभयो।

राज्यको लगानी भएको जुनसुकै स्थानहरुमा व्यक्तिगत र संस्थाहरुमा कुनै धार्मिक अहिष्णुता र संस्थागत र व्यक्तिगत रुपमा आघात पुग्ने बाहेकका कुनैपनि सार्वजनिक कार्यक्रमहरु सञ्चालन गर्न गराउन कसैले बन्देज गर्न नमिल्ने कोषाध्यक्ष भट्टराइले जानकारी दिनुभयो। यदि कसैले बौद्ध दर्शन बिरुद्ध बौद्धमार्गीहरुलाई आँच आउने कुनै पनि कार्यहरुको गतिबिधीलाई भने लुम्बिनी बिकास कोषले तत्काल रोक लगाउने समेत वहाँले बताउनुभयो । यसैगरी लुम्बिनी बिकास कोषका सुचना अधिकृत राजन काफ्लेले विश्वशान्तीका अग्रदुतको रुपमा सुपरिचित बुद्धको जन्मस्थल लुम्बिनी र बौद्ध दर्शनलाई हरेक समुदायले श्रद्धाका साथ आत्मसाथ गर्ने भएकोले एक धर्म र समुदायको आँखाले मात्र हेरिनु सकारात्मक पक्ष नहुने बताउनुभयो।

लुम्बिनीमा विश्वका बौद्धधर्मावलम्बी तथा अनुयायी मात्र नभई बिभिन्न धर्म, संस्कृति र समुदायका पर्यटकहरु आउनु र बौद्ध दर्शनबारे प्रचार प्रसार गर्ने उद्धेश्यका साथ सञ्चालन हुने कार्यक्रम तथा सभा समारोह लुम्बिनी बिकास कोषले सहर्ष स्विकार्दै आएको समेत सूचना अधिकृत काफ्लेले जानकारी दिनुभयो। कास्की, पाल्पा, रुपन्देही र कपिलबस्तुका बौद्ध धर्मसंग सम्बन्धित बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुले ज्ञापनपत्र सहित लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष सिद्धि चरण भट्टराई र सूचना अधिकृत राजन काफ्लेलाई भेटगरी संयुक्र रुपमा ज्ञापनपत्र बुझाएका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img