१८ माघ, एजेन्सी ।
भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित फिल्म ‘पठान’ ले प्रर्दशन भएको ६ दिनमा ६ सय करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्मले दिनमा १ करोड कमाएर बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । पठान’ ले ६ दिनमा विश्वभर ६ सय करोडभन्दा बढी भारतीय रुपैयाँ कलेक्सन गरेको छ । जबकि भारतमा मात्रै फिल्मले ३ सय ३ करोड नेट भारू कमाएको छ । तरण आदर्शको ट्वीटका अनुसार फिल्मले सोमबार हिन्दीमा २५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । जहाँ तमिल र तेलुगुमा फिल्मले ३० जनवरीमा १ करोड भारु कमाएको छ ।
आइतबारको तुलनामा सोमबार फिल्मको कमाई घटेको थियो । तर, सोमबार मुम्बईमा आयोजित पत्रकार सम्मेलन कार्यक्रमले पुनस् फिल्मले राम्रो प्रदर्शन गरेको छ । सोमबार फिल्मले करिब कुल ६० करोडको व्यापार गरेको थियो । ‘पठान’ को अहिलेसम्मको कलेक्शनको कुरा गर्दा हिन्दीमा फिल्मले बुधबार ५८ करोड, बिहीबार ६८ करोड, शुक्रबार ३८ करोड, शनिबार ५१ करोड ५० लाख, आइतबार ५८ करोड ५० लाख र सोमबार २५ करोड ५० लाख कलेक्सन गरेको छ । हिन्दीमा नै फिल्मले अहिलेसम्म २९६ करोड कमाइसकेको छ । यो साताको अन्त्यसम्ममा फिल्मले विश्वभर १ हजार करोडको आँकडा पार गर्न सक्ने फिल्मको निर्माण पक्षले बताएको छ ।