काठमाण्डौ//
बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिएका छन् । हिजो बुधवार पोखरामा बसेको नेपाल क्रिकेट सङ्घ (क्यान)को बैठकले सन्दीपको निलम्बन फुकुवा गरेपछि उनी राष्ट्रिय टिममा फर्किएका हुन् । क्यानको खेलाडी छनोट समितिले आउँदो त्रिदेशीय क्रिकेट शृङ्खलालाई लक्षित गरेर सन्दीपलाई पनि बन्द प्रशिक्षणमा बोलाएको हो ।
उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । यस्तै सन्दीपलाई दुई हप्तापछि हुने आईसीसी विश्व कप लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग हुने शृङ्खलालाई मध्यनजर गरेर टिममा बोलाइएको छनोट समितिले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??