चितवन//
चितवनमा किसानहरुले आफुले उत्पादन गरेको तरकारी सडकमा फालेर विरोध जनाएका छन। शुक्रबार चितवनका तरकारी उत्पादक किसानहरुले भारतबाट तरकारी आयात गर्दा स्वदेशी तरकारीले बजार मूल्य नपाएको भन्दै आफूहरुले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाएको भन्दै नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका हुन।
बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन लेखिएको प्लेकार्ड र ब्यानर बोकेर किसानहरुले विरोध गरेका छन। स्वदेशी किसान मारमा परेको गुनासो पोख्दै किसानहरुले नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेका हुन । स्वदेशी तरकारीलाई सरकारले प्रवद्र्धनमा सहयोग नगरेकोमा उनीहरुको दुःखेसो छ ।