spot_img
spot_img
spot_img

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली बालिकाको उद्धार

spot_img

काठमाण्डौ//

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली बालिकाको उद्धार गरिएको छ । भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा मङ्गलबार उद्धार गरिएको हो। ब्यूरोले आज पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी गराउदै उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेको बताईएको छ ।

पुस १९ सम्म काठमाडौँमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्याइएको प्रहरीको भनाइ छ । भारत पुर्याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img