काठमाण्डौ //
राष्ट्रिय सभाबाट आज तीन वटा विधेयक पारित भएको छ । बैठकबाट अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ सर्वसम्मतिले पारित भएको छ। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको तर्फबाट पेस गर्नुभएको अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पनि पारित भएको छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले पेस गर्नुभएको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??