काठमाण्डौ//
बलात्कार आरोप लागेका गरेको आरोप लागेका पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ। सौन्दर्य प्रतियोगिताको नाममा बालिकालाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाण्डौले सात वर्ष कैद सजाय सुनाएको हो। न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सातवर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्ने सजाय तोकेको हो। मिस ग्लोबल इन्टरनेशनल नामको सौन्दर्य प्रतियोगिताका आयोजक पाण्डेले सन २०१४ को प्रतियोगितामा सहभागी एक बालिकालाई नयाँ बानेश्वरको एभरेस्ट होटलमा बोलाएर बलात्कार गरेको अभियोग लागेको थियो।
बलात्कारको अभियोगमा हदम्याद गुज्रिएपछि प्रहरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोग र मानव बेचबिखन विरुद्धको मुद्दा चलाएको थियो। भिडियो सार्वजनिक भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भेटेर जोहेरी दिन भन्दै अनुसन्धान अघि बढाएको थियो। प्रहरीले पाण्डेलाई गएको जेठ ७ गते पक्राउ गरेको थियो।