spot_img
spot_img
spot_img

गुल्मीकी मृगौला पिडित हिरा रायमाझीलाई नगद सहयोग हस्तान्तरण

spot_img

कौरब खत्री ,गुल्मी//

वामी नमूना समाजले मृगौला पिडित हिरा रायमाझी केसीलाई नगद सहयोग हस्तान्तरण गरेको छ । मुसिकोट नगरपालिका १, पौदी अरेवा (माइतीघर मुसिकोट नगरपालिका ७ वामी) टोड्के निवासी हिरा रायमाझीको उपचारका लागि वामी नमूना समाजद्वारा संकलित २ लाख ८१ हजार १०६ रुपैया समाजसेवी तथा जेष्ठ सदस्यहरु खगिसरा खरेल तथा रमाकला खरेलको हातबाट हस्तान्तरण गरिएको छ ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका सल्लाहकार तथा बिरामीका दाजु लेख रायमाझी, आमा तेजकुमारी रायमाझी, संस्थाका अभिभावक परिषदका अध्यक्ष अर्जुन रायमाझी सल्लाहकार, लिलाधर खराल, लालमणि खरेल, बेदप्रसाद खराल, थानेश्वर खराल, अमर खराल, चन्द्रा खराल, खेमराज खरेल, कालिका रायमाझी ,सत्य राममाझी लगायतको उपस्थितिमा मृगौला पिडित केसीका श्रीमान गणेश केसीलाई हस्तान्तरण गरिएको वामी नमूना समाजका संरक्षक दिलिप थापाले जानकारी दिनुभयो ।

हाल जापानमा रहेका साबिक मुसिकोट नगरपालिका वडा न। ७ वामी अर्थात साविक वामी गाविस वडा न। ९ का वडाबासीहरु तथा न्युजिल्यान्डबाट संस्थाका सल्लाहकार समाजसेवी कृष्ण प्रसाद खरेलको बिशेष पहल र अष्ट्रेलियाबाट संस्थाका सल्लाहकार समाजसेवी लालमणी खरेलको विशेष पहलमा बैदेशिक रोजगारको क्रममा बेलायत, अमेरिका, भारत, दुवई, क़तार लगायत देशहरुमा रहेका नमूना समाजका सदस्य तथा शुभेच्छुकहरुबाट सो आर्थिक सहयोग संकलन गरिएको थियो। संस्थाका अध्यक्ष पदम रायमाझीले मृगौला पिडित हिरा रायमाझी केसीको उपचारका लागि सहयोग गर्नु हुने समपुर्ण सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि दिन दुःखी र असाहयहरुका लागि सहयोगी हातहरुको निरन्तरताको अपेक्षा गर्नु भएको छ।

विगत १ बर्ष देखि दुवै मृगौला सहित मुटु रोग, मधुमेह, थाइराइड लगायतका समस्या भएपछि बिरामी रायमाझीको उपचारको लागि परिवारले आर्थिक सहयोग गरिदिन आग्रह गरेपछि वामी नमूना समाजले बिरामी हिरा रायमाझीको लागि देश तथा विदेशमा रहेका सहयोगदाताहरुसंग आर्थिक सहयोग अभियान सञ्चालन गरि उक्त सहयोग रकम संकलन गरिएको अन्तर्राष्ट्रिय वामी नमूना समाजका अध्यक्ष पदम रायमाझीले जानकारी दिनुभयो । साथै २०७२ सालमा स्थापना भएको अन्तर्राष्ट्रिय वामी नमूना समाजले विगत ८ बर्ष देखि निरन्तर रूपमा आफ्नो जन्मभूमिको शिक्षा, स्वास्थ्य ,खेलकुद, आगलागी, बाढी पहिरो लगायत सामाजिक क्षेत्रहरुमा आर्थिक सहयोग पुर्‍याउदै आइरहेको समाजका संरक्षक थापाले जानकारी दिनुभयो । संस्थाको तर्फबाट बिरामी हिरा रायमाझी केसीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img