spot_img
spot_img
spot_img

समाजसेवी खरेलद्धारा भानु माविलाई जग्गा सहयोग

spot_img

कौरब खत्री , गुल्मी//

बागलुङ बडिगाडको भानु माध्यमिक विद्यालयमा दिनप्रतिदिन आर्थिक सहयोग थपिदै गएको छ । बडिगाड गाँउपालिका ५ ग्वालिचौर टारीमा रहेको भानु माध्यमिक विद्यालयको हिरक महोत्सवको अवसरमा बागलुङ जिल्ला बडिगाड गाँउपालिका वडा नं ५ ग्वालिचौर खौलार निवासी तत्कालीन ग्वालीचौर गाउँ पञ्चायतका उपप्रधान पञ्च शिक्षाप्रमी एवम् समाजसेवी चिन्तामणी खरेलले विद्यालयको लागि १२ लाख मुल्य बराबरको जग्गा सहयोग गर्नुभएको छ। भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले कञ्चन खवरका गुल्मी सम्वाददाता कौरव खत्रीलाई हिरक महोत्सवको बारेमा जानकारी दिदै स्थानीय समाजसेवी तथा पुर्व उपप्रधान पञ्च खरेलद्वारा बिद्यालयका लागि जग्गा दान प्राप्त भएको बताउनुभयो।

हिरक महोत्सवको अवसरमा आर्थिक संकलन अभियानमा सञ्चालन गर्दा हालसम्म विभिन्न व्यक्तिहरुबाट विद्यालयका लागि करिव २ करोड २० लाखको चन्दा संकलन भएको विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो। विद्यालय स्थापना भएको ६०औं बर्ष पुरा गरेको अवसरमा “गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार”भन्ने मुल नारा सहित गत सोमवार देखी विद्यालयमा हिरक महोत्सव शुरू भएको विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो । साथै हिरक महोत्सव यहि माघ २८ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ । विद्यालयमा प्राविधिक शिक्षा, छात्राबासको सुविधा, निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन गर्न र विद्यालयमा बस सेवा सञ्चालन गर्ने उद्देश्य सहित हिरक महोत्सव सञ्चालन गरिएको महोत्सव मुल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो ।

हिरक महोत्सवका अवसरमा विद्यालयका संस्थापक, शैक्षिक, आर्थिक, भौतिक तथा व्यवस्थापकीय पक्षमा सहयोग पुर्‍याउनु हुने व्यक्ति एंव पूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारी, पूर्व विद्यालय व्यवस्थापान समिति, शिक्षक अभिभावक संघका पदाधिकारी लगायतलाई सम्मान गरिने महोत्सव मुल समारोह समिति अध्यक्ष खरेलले जानकारी दिनुभयो । महोत्सवमा शैक्षिक, खेलकुद तथा साँस्कृतिक कार्यक्रम, हिरक महोत्सव स्मारक स्तम्भ स्थापना लगायतका कार्यक्रमहरु सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो । २०१९ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १–१२ सम्मका कक्षाहरु सञ्चालन हुदै आइरहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img