spot_img
spot_img
spot_img

लुम्बिनीमा मोरारी बापुद्धारा रामकथा बाचन सुरु

spot_img

लुम्बिनी//

लुम्बिनीमा भारतीय सन्त मोरारी बापुद्वारा गरिने कथा वाचनको विषयलाई लिएर उत्पन्न विवाद साम्य भएपछि आजबाट कथा वाचन शुरु भएको छ। आज लुम्बिनी विकास कोषमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारीको रोहबरमा बसेको बैठकले चार बुँदे सहमति गरेसँगै विवाद साम्य बनेको हो । बैठकमा लुम्बिनी गुरुयोजना बमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मोरारी बापुको कथा वाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने सहमति भएको छ । नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारू, संघर्ष समितिका संयोजक पार्वती घर्ती, नेपाल आदिवासी जनजाती महासंघ रूपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल र पराम कथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवालले सहमतिमा हस्ताक्षर गरेका छन ।

यस्तै माघ २३ गते पर्सा चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको घटनाको दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारको व्यवस्था मिलाउने, घटनाको आवश्यक छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने सहमती पत्रमा उल्लेख गरिएको छ। विश्वशान्ति क्षेत्र लुम्बिनीका सन्दर्भमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने सहमति गरिएको छ। रामकथा प्रेमयज्ञ समितिको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा प्रवचन शुभारम्भ गरिएको छ।

प्रवचन शुभारम्भमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, रुपन्देही निर्वाचन क्षेत्र न५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, प्रदेशसभा सदस्य सिके गुप्ता, अर्का प्रदेशसभा सदस्य सन्तोष पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय र स्थानीय तहका जनप्रपितिनिधिहरुको उपस्थिती रहेको थियो । नौ दिनसम्म चल्ने प्रवचनमा नेपाल बाहेक भारत लगायत विश्वभरका दुई हजार बढी श्रद्धालु लुम्बिनी आएको स्थानीय आयोजक समितिका संयोजक राजेशकुमार अग्रवालले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img