एजेन्सी//
टर्कीका फुटबल खेलाडी क्रिस्टियन यत्सुलाई भग्नावशेषबाट निकालेर उद्धार गरिएको छ । उनका म्यानेजरले यसबारे जानकारी दिएका हुन् । न्युक्यासल युनाइटेड र चेल्सी फरवर्डको तर्फबाट खेल खेल्ने पूर्व खेलाडी सोमबार एक भवनको भग्नावशेषमा फसेका थिए । घानामा बस्ने यत्सु टर्कीको हेटास्पोर क्लबका लागि खेल्छन् ।
म्यानेजर मुस्तफा ओजटले टर्की रेडियो स्टेशनसँगको कुराकानीमा यत्सुलाई घाइते अवस्थामा भग्नावशेषबाट निकालिएको जानकारी दिए । उनका अनुसार क्लबका खेल निर्देशक तानेर सावत पनि भग्नावशेषमा पुरिएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??