कपिलवस्तु//
उद्योग व्यापार सङ्घ कपिलवस्तुले १३औं कपिलवस्तु महोत्सवको अवसरमा सम्पुर्ण स्टलहरुको अनुगमन गर्दै निमन्त्रणा कार्ड हस्तान्तरण गरेको छ । ’राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र , राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ भन्ने मुल नाराका साथ संचालन हुने १४औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगीक पर्दशनी २०८० का लागि सहभागिता हुन सम्पूर्णमा निमन्त्रणा गरेको छ ।
कपिलवस्तुको पहिचानको रुपमा रहेको कपिलवस्तु महोत्सव कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ स्थित बुद्ध रंगशालामा संचालन भैरहेको अवसरमा महोत्सव स्टलका व्यापारीहरुलाई उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को संयोजकत्वमा स्टलका सम्पूर्ण व्यापारीहरुलाई निमन्त्रणा दिईएको हो । संघको नबौ बैठकले तय गरेअनुसार संघले आउँदो वर्ष अर्थात २०८० साल मंसिर ८ गते देखि १९ गतेसम्म बुद्ध रंगशाला जितपुरमा आयोजना गरिने भन्दै उद्योग व्यापार संघले अहिले देखि नै राय सुझाव लिंदै आएको संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल)ले बताउनुभयो ।
निर्धारित समयमा हामिले कसरी महोत्सव सम्पन्न गर्ने भन्ने बिषयमा ध्यान केन्द्रित गर्नुपर्ने छ । सबैका राय सुझाब लिदै अहिलेदेखी नै तयारी गर्न सकियो भने सबैलाइ समेट्न सकिने उद्योग व्यापार संघको भनाई छ। महोत्सवलाई ब्यवस्थित एवम सफल बनाउन केके कुरामा ध्यान दिनु आबस्यक छ सो सम्बन्धमा सबैको राय सुझाव सल्लाह सहयोग साथ र सहकार्यको अपेक्षा उद्योग व्यापार संघ कपिलवस्तुका संरक्षक समेत रहनु भयेका नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय सचिबालय सदस्य टोपनारायण बेल्बासेको भनार्इ रहेको छ। भर्खरै मात्र प्रथम अधिवेशन गरेको उद्योग ब्यापार संघ कपिलवस्तु जिल्ला स्तरिय ब्यवसायिक संंस्था हो, करिब ४०० सदस्य रहेको सस्थामा विभिन्न सस्थामा लामो अनुभव भएका ब्यवसायिहरुको संलग्नता रहेको छ ।
१४औँ कपिलवस्तु महोत्सवका लागि निमन्त्रणा कार्ड हस्तान्तरण
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??