देवदह // रुपन्देहीको देवदहमा जारी दोश्रो देवदह अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगितामा-२०७९ मा मायादेवी गाउँपालिका, गैडहावा गाउँपालिका र सिद्धार्थनगर नगरपालिका विजयी भएका छन्।
प्रतियोगिताको दोश्रो दिन मायादेवी गाउँपालिका र कोटहिमाई गाउँपालोका बिच भएको पहिलो खेलमा कोटहिमाई गाउँपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मायादेवी गाउँपालिका विजयी भएको हो। उक्त खेलमा मायादेवी गाउँपालिकाका जर्सी नं १५ का सन्देश थापा र जर्सी नं १२ का मिथुन थारुले १-१ गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच मायादेवी गाउँपालिकाका मिथुन थारु घोषित भएका थिए।
दोश्रो दिनको दोश्रो खेलमा रोहिणी गाउँपालिका र गैडहावा गाउँपालिका बिच भएको खेलमा गैडहावा गाउँपालिकाले ३-० को गोल अन्तरले जित हासिल गरेको हो। गैडहावा गाउँपालिकाको लागि जर्सि नं १२ का शैलेस केवटले १ गोल, जर्सी नं ७ का रामबहादुर परियारले १ रजर्सी नं १६ का सोभित कुमार कुर्मीले १ गोल गरेका थिए। उक्त खेलमा गैडहावा गाउँपालिकाको लागि जर्सि नं १२ का शैलेस केवटले म्यान अफ दि म्याच घोषित भएका थिए।
यस्तै बुधवार नै सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिका बिच भएको तेश्रो खेलमा तिलोत्तमा नगरपालिकालाई ३-१ गोल अन्तरले पारजित गरि सिद्धार्थ नगरपालिकाले जित हासिल गरेको हो। सो खेलमा
जर्सी नं ९ का मान प्रसाद क्षेष्ठले १ गोल, जर्सी नं ७ का कृष्ण गुरुङ र जर्सी मं ११ का सुरज बादफोडले पेलान्टिमा १ गोल गरेका थिए भने तिलोत्तमाका लागि जर्सी नं ७ का कल्याण जंग अधिकारीले पेलान्टीमा १ गोल गरेका थिए।
उक्त खेलमा म्यान अफ दि म्याच सिद्धार्थनगर नगरपालिकाका जर्सी नं ९ का मान प्रसाद क्षेष्ठ घोषित भएका थिए।
प्रतियोगितामा भोलि बुटवल उपमहानगरपालिका र कञ्चन गाउँपालिका बिच बिहान ११:३० मा र दोश्रो खेल सैनामैना नगरपालिका र मायादेवी गाउँपालिका बिच दिउँसो १:३० बजे हुने र देवदह नगरपालिका र गौडहवा गाउँपालिका बिच ३:३० बजे हुने आयोजकले जनाएको छ।