काठमाडौं ।
टर्कीमा गएको विनासकारी भूकम्पमा राहत स्वरुप नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ। आज बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको हो ।
टर्की हाम्रो असल मित्रराष्ट्र हो, हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्का सरकारको दुखमा हामीले पनि सहयोग गर्नुपर्छ ।‘ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो । आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय पछि तयारी सुरु गरेको छ ।