spot_img
spot_img
spot_img

लुम्बिनी प्रदेश सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपाने नियुक्त

spot_img

बुटवल ।

लुम्बिनी प्रदेश सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा रुपन्देहीका दधिराम न्यौपाने नियुक्त हुनुभएको छ । प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपानेलाई नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम गिरीले सचिवालय विस्तार गरेका हुन। अघिल्लो प्रदेशसभा सदस्य चुनावमा निर्वाचित न्यौपाने तत्कालीन नेकपामा विवाद हुँदा माओवादी केन्द्र छाडेर एमाले रोज्नुभएको थियो । गत मंसिरको प्रदेश सभा सदस्य निर्वाचनमा रुपन्देही १ (२) मा उहाँ कांग्रेसका अब्दुल रज्जाकसँग पराजित हुनुभएको थियो ।
यस्तै मुख्यमन्त्री गिरीले बाँकेका गोपाल गिरीलाई आफ्नो सचिवालयको जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नुभएको छ।
संसदीय दल नेताको हैसियतमा मुख्यमन्त्री गिरीले रुपन्देहीका तुल्सीप्रसाद चौधरीलाई प्रमुख सचेतक र रेखाकुमारी शर्मालाई सचेतक नियुक्त गर्नुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img