spot_img
spot_img
spot_img

कञ्चनमा सिकारु कारले ठक्कर दिँदा दुई महिला घाइते

spot_img

कञ्चन ।
रुपन्देहीको कञ्चनमा सिकारु कारले ठक्कर दिँदा दुई महिला सख्त घाइते भएका छन। घाइते हुनेहरुमा कञ्चन ४ थकालीचोक बस्ने बर्ष ७८ की रुद्रकली बिक र सोही स्थान बस्ने अन्दाजी बर्ष ७० का लक्ष्मी सुनार रहेको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ।
प्रहरीका अनुसार लुम्बिनी फायरलाईन सडक खण्ड अन्तर्गत कञ्चन ४ स्थित थकालीचोकमा सडक पार गर्दै गरेका बृद्धा महिलाहरुलाई हरैयातर्फ जाँदै गरेको रा १ च ५७८ नम्वरको सिकारु कारले ठक्कर दिँदा रुद्रकली बिकको टाउको र घाँटीमा चोटमा लागेको छ भने लक्ष्मी सुनारको दाहिने खुट्टामा चोट लागेको छ।

निज घाइतेहरुलाई स्थानीय हिराचन्द्र मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा पठाइएको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ। पब्लिक ड्राइभिङ्ग इन्स्टिच्युट, बुटवलको उक्त सिकारु कार जिल्ला गुल्मी चन्द्रकोट गाउापालिका वडा नं ४ शान्तीपुर बस्ने बर्ष ३३ का ठान बहादुर फौदारले चलाएका थिए। कार र चालककलाई प्रहरीले नियन्त्रणमा लिई आवस्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img