भैरहवा ।
रुपन्देहीमा श्रीमतीको कुटपिट गरी हत्या गर्ने एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नं १ धमौली बस्ने सञ्जय भन्ने रामनारायण लोध रहेका छन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको सूचनामा यही माघ १२ गते आफ्नै श्रीमती बर्ष २४ की सरोज लोधलाई भारतमा मेला हेर्न जान भनी मोटरसाईकलमा राखी भारतको डफालीपुर भन्ने गाउमा लगी हात खुट्टा बाँधेर लोधले निर्ममपुर्वक कुटपिट गरी योजनाबद्ध तरिकाले हत्या गरी फालेका थिए।
मृतकका श्रीमान सञ्जय भन्ने नारायण लोधले कुटपित गरी आफ्नै श्रीमतीलाई मारेर फालेको भनि आफन्तले जाहेरी दरखास्त दिएपश्चात खोजतलास गर्ने क्रममा माघ २५ गते मायादेवी गाउँपालिका वडा नं १ धमौलीमा प्रहरीले फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात रुपन्देही जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।




