spot_img
spot_img
spot_img

आफ्नो आकाशबाट चौथो शङ्कास्पद वस्तुलाई खसालेको अमेरिकाको दाबी

spot_img

एजेन्सी ।

अमेरिकाले आफ्नो आकाशमा उडिरहेको अर्को एउटा शङ्कास्पद मानवरहित वस्तुलाई खसालेको बताएको छ । अमेरिकाले गएको नौ दिनमा चौथो शङ्कास्पद वस्तु खसालेको बीबीसीले जनाएको छ । राष्ट्रपति जो बाइडेनले हिजो आइतवार क्यानडाको सिमाना नजिक पर्ने ह्युरन तालमाथि उडिरहेको शङ्कास्पद वस्तु खसाल्न आदेश दिनुभएको थियो। अमेरिकी अधिकारीहरूले त्यसलाई मानवरहित र सैन्य खतरा नभएको वस्तु भनेका छन् । अधिकारीहरूले यी वस्तुहरू कहाँबाट आएका थिए वा ती वस्तुको उद्देश्य के थियो भन्ने कुरा पहिचान भइनसकेको बताएका छन् ।

चार वटामध्ये सुरुमा खसालेको बेलुन भने चिनियाँ जासुस बेलुन रहेको अमेरिकाले बताएको छ । त्यो बेलुनलाई लिएर अमेरिकाले चीनको आलोचना गर्दै आएको छ । यसैबीच चीनले बेलुनको विषयलाई लिएर अमेरिकाले अरूको आलोचना गर्नुभन्दा आत्मालोचना गर्नुपर्ने बताएको छ । आफ्नो मौसमी बेलुन बाटो बिराएर अमेरिकी आकाशमा पुगेको दाबी गर्दै चीनले यस विषयमा अमेरिकाले आत्मालोचना गर्नुपर्ने बताएको हो ।

नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाले बेलुन खसालेर गल्ती गरेको बताउनुभयो । उहाँले गएको वर्ष अमेरिकाले आफ्नो आकाशमा १० वटाभन्दा धेरै बेलुन उडाएको दाबी पनि गर्नुभयो । अमेरिकाले आफ्नो आकाशमा आइपुगेको चिनियाँ बेलुन खसालेपछि दुई देशबीचको सम्बन्ध झनै तनावग्रस्त बनेको छ । ताइवानको विषयलाई लिएर चिसिँदै गएको सम्बन्ध सुधार्ने प्रयास भइरहेको बेला बेलुन काण्डले समस्या झनै बढेको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img