रवि राना, बुटवल ।
बुटवलमा सञ्चालित कोब्रा गार्इजले गाँउ सफा राख्न चोक चोकमा डस्टविन राखेको छ। बुटवल १९ स्थित गोपालपुर, हिरापुर र मैनिया लगायत बिभिन्न चोक चोकहरुमा डस्टबिन राख्ने कार्यक्रम सम्पन्न गरेको हो। युवाहरुको समुहले मानव सेवा र सह्योग गर्ने मुख्य उदेश्य राखेर स्थापन गरेको कोब्रा गाईज बुटवलले युवाहरुलाई समाज रुपान्तरणको दिशामा डोर्याउने कार्यलाई पनि निरन्तरता दिएको छ। युवाहरुलाई कुलत र गलत कृयाकलापहरु बिरुद्ध सामाजिक गतिविधिमा संलग्न गराई समाज प्रतिको उत्तरदायित्व बहन गराउन गाउका बिभिन्न चोकहरुमा डस्टविन राख्ने कार्यलाई शुभारम्भ गरेको कोब्रा गाइजका अध्यक्ष सन्तोष रायमाझीले बताउनुभयो।
सभ्य समाज निर्माण गर्ने जिम्मेवारी सचेत युवाहरुको काँधमा रहेको हुँदा समाजमा रहेका बिकृति र सिंगति बिरुद्ध युवाहरुको एकता र सहकार्य रहेको भन्दै अध्यक्ष रायमाझीले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई आगामी दिनहरुमा पनि सञ्चालन गर्दै जाने प्रतिबद्धा समूहका अध्यक्ष रायमझीले गर्नु भयो। कुनै पनि समयको खाली समयलाई सक्दो सामाजिक कृयाकलापहरुमा कृयाशिल बनाउन सके हाम्रै पालामा विकास र परिवर्तन सम्भव हुने अध्यक्ष रायमाझीले उल्लेख गर्नुभयो।