spot_img
spot_img
spot_img

क्याननले मनायो २६औं बार्षिकोत्सव

spot_img

झविन्द्र देवकोटा, बुटवल।

बुटवल सुख्खानगरमा रहेको क्यानन माध्यमिक विद्यालयले २६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार मनाएको छ । विद्यालयले सप्ताहब्यापी कार्यक्रम गरेर बार्षिकोत्सव कार्यक्रम मनाएको हो । बार्षिकोत्सव कार्यक्रम अन्तरगत विद्यालयले माघ २६ गतेदेखि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको र मंगलबार मुल समारोह गरेर बार्षिकोत्सव मनाएको हो । विद्यालय संचालक समितिका अध्यक्ष तिलादेवी पाण्डेयको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले शैक्षिक क्षेत्रको विकासमा निजी शैक्षिक क्षेत्रले ठुलो योगदान दिएको बताउनुभयो । उहाँले निजी शैक्षिकसंस्थाहरुका समस्या र चुनौतीको समाधान गर्न स्थानीय सरकार सधैसंगै हिड्न तयार रहेको उल्लेख गर्दै क्याननलाई शैक्षिक सफलताको शुभकामना दिनुभयो ।

विद्यालयका शिक्षक कल्पना पौडेलको संचालनमा भएको कार्यक्रममा बुटवल उपमहानगर वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, ब्याब्सन बुटवलका अध्यक्ष कुलानन्द पाण्डे, संस्थापक सदस्य डोलराज पाण्डे, जिवन विज्ञानका प्रदेश प्रमुख हरि पोखरेल लगायतले आआफ्ना भनाई राख्नु भएको थियो । विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रिन्सिपल थानेश्वर पौडेलले संस्कार सहितको शिक्षा, सामाजिक उत्तरदायित्व बहनमा विद्यार्थीको भुमिका लगायतका शिक्षाका विषयमा विद्यार्थीलाई शिक्षा दिदै आएको बताउनुभयो ।

बार्षिकोत्सव कार्यक्रमको अवसरमा विद्यालयले पुराना शिक्षक कर्मचारी, कर्मनिष्ठ कर्मचारी, उत्कृष्ट नतिजा दिने शिक्षक तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको विद्यालयका लेखा प्रमुख लेखनाथ पाण्डेले जानकारी दिनुभयो । विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा माघको २६ गतेदेखि विविध खेलकुद कार्यक्रम, सरसफाई कार्यक्रम, अभिभावक शिक्षक खेलकुद प्रतियोगिता लगायतका सप्ताहब्यापी कार्यक्रम गरेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img