spot_img
spot_img
spot_img

अक्सफोर्ड कलेजद्वारा स्नातक तहका विद्यार्थीलाई स्वागत, सम्मान तथा विदाई कार्यक्रम

spot_img

झविन्द्र देवकोटा, बुटवल ।
बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजले स्नातकतहका विद्यार्थीलाई स्वागत, सम्मान तथा विदाई कार्यक्रम गरेको छ । कार्यक्रममा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा स्नातक तहमा दिक्षित भएका पुराना विद्यार्थी तथा पढाई सकेका र परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई अक्सफोर्ड कलेजले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेको हो । कलेजले मंगलबार भैरहवामा विशेष कार्यक्रम गरेर बीबीएस, बीएड प्रथम वर्ष, बीएचएम, बीआइएम प्रथम सेमेष्टरमा आगन्तुक २७५, विद्यार्थीहरुलाई स्वागत तथा बीबीएस, बीएड चौथो वर्षका १५८ जना र बीएचएम, बीआइएम आठौं सेमेष्टरबाट दिक्षित भएका ४१ जना विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरेको हो ।

बीएचएम छैठौं सेमेष्टरमा अध्ययनरत नेपाल प्रथम हुन सफल विद्यार्थी लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रमको कलेज सञ्चालक समितिका अध्यक्ष अजित खनाल, अक्सफोर्ड माध्यमिक विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी र अक्सफोर्ड कलेजका प्रमुख मनोज मरासिनी र अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथी कलेज संचालक समितिका अध्यक्ष खनालले गुणस्तरीय र सीपमुलक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । विद्यार्थीलाई सिकाईसँगै टिक्न सक्ने उपयोगि शिक्षाप्रदानका लागि अक्सफोर्ड संस्थागत विद्यालयका रुपमा अग्रसर रहेको बताउनुभयो। उहाँले संस्थागत शिक्षालयहरुले ठुलो शैक्षिक जनशक्ति उत्पादनमा उल्लेखनीय योगदान दिने गरेको भएतापनि राज्यबाट हुने सहकार्यमा निजी शैक्षिकसंस्थाहरु सधैव उपेक्षामा परेको बताउनुभयो। उहाँले विगतका वर्षहरुमा स्वागत तथा विदाई कार्यक्रमहरु कोभिडका कारण गर्न नसकिएको स्मरण गर्दै यस वर्षसँग आगामि वर्षमा कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनीले वि।सं। २०६२ सालमा स्थापित अक्सफोर्ड कलेजले स्नातक तहतर्फका संकायहरुमा नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दावी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्न अक्सफोर्ड सफल बनेको बताउनुभयो। यस्तै कार्यक्रममा अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले अक्सफोर्ड एकेडेमिक इन्ष्टिच्युटले शैक्षिक गुणस्तरीयतासँगै सीपमुलक र संस्कारमुलक शिक्षालाई प्राथमिकता दिदै आएको बताउनुभयो। विद्यार्थी दीक्षा भट्टराईको स्वागत तथा सुरज रिजाल र सपना भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सफलता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको कलेजका प्राध्यापक विष्णु खनालले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रममा निजामति सेवा, प्रहरी, सेना, उद्यमशिलता, वित्तीय संस्था, शैक्षिक संस्था, कलाकारिता र शिक्षा सेवामा सफलता हासिल गरेका कलेजका पूर्व विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो भने विद्यार्थीहरुले आआफ्नो साँस्कृतिक प्रस्तुती समेत देखाएका थिए । बीबीएम, बीएड, बीएचएम, बीआइएमका कक्षाहरु सञ्चालनमा रहेको यो कलेजमा १ हजार २ सय ६५ जना विद्यार्थीहरु अध्ययनरत रहेको अक्सफोर्ड एकेडेमिक इन्ष्टिच्युट अन्तरगतकै अक्सफोड कलेजका प्राध्यापक सुमन भुसालले जानकारी दिनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img