spot_img
spot_img
spot_img

भारतीय जनता पार्टीले चन्दाबापत एकै वर्ष ६ अर्ब १४ करोड भारु प्राप्त गर्‍यो

spot_img

एजेन्सी ।
भारतीय जनता पार्टी ९भाजपा० ले एकै वर्ष ६ अर्ब भारुभन्दा धेरै चन्दा प्राप्त गरेको छ । एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म्स ९एडीआर० को रिपोर्टअनुसार भाजपाले सन् २०२१र०२२ मा सबैभन्दा धेरै चन्दा प्राप्त गरेको बीबीसी हिन्दीले जनाएको छ । एडीआरको अनुसार सन् २०२१र०२२ का लागि राष्ट्रिय राजनीतिक दलहरूले कुल ७ अर्ब ८० करोड भारु प्राप्त भएको घोषणा गरेका छन् । भाजपाले घोषणा गरेको चन्दा यस अवधिमा कांग्रेस, एनसीपी, भाकपा, माकपा, एनपीईपी, तृणमूल कांग्रेसद्वारा घोषित कुल चन्दाभन्दा तीन गुणाले धेरै हो ।

एडीआर रिपोर्टका अनुसार भाजपाले ६ अर्ब १४ करोड भारु र कांग्रेसले ९५ करोड भारु चन्दा प्राप्त गरेको छ । यो रकमलाई दुवै पार्टीले स्वीकार गरेका छन् । भाजपाले ४ हजार ९ सय ५७ तथा कांग्रेसले १ हजार २ सय ५५ जना व्यक्ति र संस्थाको चन्दाबाट यो रकम प्राप्त गरेको बताएका छन् । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय दलहरूले प्राप्त गरेको चन्दा ३१ प्रतिशतले बढेको खबरमा उल्लेख छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img