spot_img
spot_img
spot_img

स्वर्गद्धारी प्यूठान महोत्सव सुरु, मुख्यमन्त्री गिरिद्वारा उदघाटन

spot_img

प्यूठान। पाँचौं स्वर्गद्धारी प्यूठान महोत्सव विहिवारदेखी सुरु भएको छ। महोत्सवको लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विजुवारस्थित खेलमैदानमा आज उद्घाटन गर्नुहुँदै हरेक कुरामा परनिर्भर हुँदा देशको अर्थतन्त्र समस्यामा परेको बताउनुभएको छ। निर्यात भन्दा आयात बढि हुँदा अर्थतन्त्र सकसमा परेको गिरीको भनाई थियो।

मुख्यमन्त्री गिरीले संघिय सरकारले देशमा देखिएको अर्थतन्त्रको समस्या तीन महिना भित्र समाधान गर्ने दावी गर्नुभयो। उहाँले मुलुक रेमिटेन्सको भरमा चलेको बताउँदै आत्मनिर्भर हुने गरी कृषि तथा पर्यटन क्षेत्रको बिकास गर्न प्रदेश सरकारले निती बनाउन लागेको जानकारी दिनुभयो।
त्यसको लागि किसान,उद्योगीका पक्षमा प्रदेश सरकारले काम गर्ने मुख्यमन्त्री गिरीले प्रतिवद्वता जनाउनुभयो। लुम्विनी प्रदेशकै ठूलो नौमुरे जलविद्युत आयोजनालाई अगाडि बढाउने र बाग्दुला- भिमगिठे सडकको निर्माण प्रक्रियामा लैजान पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो।

धार्मिकस्थल स्वर्गद्वारीको विकासमा समेत सरकारले द्यान दिने गिरीको प्रतिवद्वता छ। उहाँले किसानको क्रयशक्ति बढाउने गरी प्रदेश तथा स्थानिय सरकार र निजि क्षेत्र मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सम्बोधन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री तुलसिराम शर्माले जिल्लाको कला, संस्कृतिको संरक्षण र संवर्द्धनसँगै दिगो विकास र व्यवसायमा यस्ता महोत्सवले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा जिल्लामा विभिन्न पार्टीका नेताहरु, जनप्रतिनिधि, व्यवसायीहरुले आ-आफ्नो धारणा राखेका थिए।

प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव १० दिनसम्म चल्नेछ। उत्पादन, ब्यापार तथा विभिन्न क्षेत्रका दुई सय ५० स्टल रहेको महोत्सवबाट आठ करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको संघका महासचिव सन्देश आचार्यले जानकारी दिनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img