४ फागुन, दाङ ।
दाङको तुलसीपुरमा खाना पकाउने ग्यास लिक भएर बिस्फोट हुँदा २ जना घाइते भएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ को लहचौरास्थित कृषि बीऊ उत्पादन कम्पनीमा आज बिहान साँढे ११ बजे ग्यास लिक भई बिस्फोट भएको र बिष्फोटमा परी खाना पकाउँदै गरेकी ५० वर्षीया कुसुम केसी र २९ वर्षीय आशिष खनाल घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ ।
कुसुमको कम्मरमुनिका भाग जलेको छ । उनलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बाँके पठाइएको छ। यस्तै खनालको हात र खुट्टा जलेको छ। उनी चितवनमै उपचार गराउने भनेर त्यसतर्फ गएका छन्।