काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको उपचारमा कमि हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन। गएराति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद चन्द्र र उहाँकी आमा गम्भीर घाइते हनुभएको थियो। उपचारका क्रममा कीर्तिपुर अस्पतालमा सांसद भण्डारीकी आमाको आज बिहान निधन भएको छ । अहिले भण्डारीलाई उपचारका लागी मुम्बई लगिएको छ ।
ओलीले भण्डारीको स्वास्थ्यलाभ कामना गर्नुभएको छ । ‘एलपी ग्यासको सिलिन्डर बिस्फोटमा परेर प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी घाइते हुनु भएको खबरले अत्यन्त दुःखी छु। उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गर्दछु,’ ओलीले भन्नुभयो ‘बिस्फोटमा परेर निधन हुनु भएकी उहाँकी आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’