देवदह। सातौं राष्ट्रिय देवदह औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सव-२०७९ द्वारा आयोजित देवदह अन्तर विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधि न्यू नमूना बोर्डिंङ स्कूलले जितेको छ । बिहिबार महोत्सवस्थल देवदह मण्डपमा भएको प्रतियोगितामा सहभागी ११ विद्यालयमा उत्कृष्ट प्रस्तुति दिदै न्यू नमूना बोर्डिंङ स्कूलका विश्वास अधिकारी प्रथम भएका हुन ।
प्रतियोगितामा ग्रीन प्लाण्ट आवासीय माविका स्वीकृति न्यौपाने दोस्रो, केरवानी माध्यमिक विद्यालयका कृष्टिना न्यौपाने तेस्रो र जनप्रिय माविका दीपिका लामिछाने सान्तवना भएको महोत्सवका विद्यालय समन्वय उपसमिति संयोजक सीबी थापाले जानकारी दिए ।
प्रतियोगितामा ग्रीनप्लाण्ट बोर्डिंङ स्कूल, सगरमाथा आवासीय मावि, बुद्ध पब्लिक बोर्डिंङ स्कूल, केरवानी मावि, न्यू लुम्बिनी बोर्डिंङ स्कूल, देवदह मावि, देवदह बोर्डिंङ स्कूल, जनता मावि, जनप्रिय मावि, न्यू नमूना बोर्डिंङ स्कूल र सीता मावि गरि ११ विद्यालयको सहभागीता रहेको थियो ।
फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा स्वास्थ्य शिविर संचालन भैरहेका छन् ।
१५० स्टल र बालउद्यान समेत रहेको मेला मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन।
महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।