spot_img
spot_img
spot_img

रुपन्देहीको देवदह-७ शित्तलनगरमा झोलुङ्गे पुल शिलान्यास

spot_img

देवदह // रुपन्देहीको देवदह ७ शित्तलनगरमा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ। लुम्विनी प्रदेश सरकार, देवदह नगरपालिका र उपभोक्ताहरुको १ करोड लगानीमा निर्माण हुन गईरहेको उक्त झोलुङ्गे पुलको शिलान्यस गरिएको हो ।

झोलुङ्गे पुलको आज एक कार्यक्रमका बिच शिलान्यास गर्दै रुपन्देही क्षेत्र नं १ का संघीय सांसद माननीय छविलाल विश्वकर्माले पुल निर्माण संगै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुग्ने बताउनु भयो। झलुङ्गे पुलको निर्माणले देवदहको आन्तरिक पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताउनुभयो। स्मृति पार्क बाट सरहनबारी हुँदै पाल्पा जिल्लामा पर्ने माथागढी क्षेत्रमा जान सहज हुने उहाले बताउनुभयो। पुर्वमन्त्री समेत रहनु भएका सांसद विश्वर्माले सवैको सहयोगले मात्र विकास निर्माणका क मगर्न सकिने बताउनु भयो। उहाँले झोलुङ्गे पुल गुणस्तर र समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नु भयो।

लुम्विनी प्रदेश सरकारको ८५ प्रतिशत, देवदह नगरपालिकाको १३ प्रतिशत र स्थानीय उपभोक्ताहरुको २ प्रतिशत लगानीमा उक्त झोलुङ्गे पुल निर्माण हुने भएको हो। घोहाडा खोलामा झोलुङ्गे पुल निर्माण भएपछि सरनवारीमा उत्पादन भएका तरकारी बजार सम्म पुर्याउन सहज हुने छ। यसैगरी झोलुङ्गे निर्माणले बर्षायाममा सरनवारीका विद्यार्थीहरुलाई विद्यालयमा आवत जावत गर्न समेत सहज हुने स्थानीयवासीको भनाई रहेको छ।

स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भरतकुमार गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, पुर्व प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपाने, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, लुम्विनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह नगरपालिका–७, का पुर्ववडा अध्यक्ष पदम थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण लुईटेल, सिपि वस्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

समुहका कोषाध्यक्ष धु्रवप्रसाद खरालको स्वागत र सचिव शुसिला भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img