spot_img
spot_img
spot_img

स्कटल्यान्डमाथि नेपालको तीन विकेटको सानदार जित

spot_img

काठमाडौं ।

स्कटल्यान्डमाथि नेपालले सानदार जित निकालेको छ। अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डमाथि तीन विकेटको सानदार जित हासिल गरेको हो । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरी १ सय १६ बलमा ८ चौका र १ छक्कासहित ८५ रनमा अविजित रहे । सोमपाल कामी ३२ बलमा ३ चौकासहित २४ रनमा अविजित रहे । सोमपालले विजयी चौका प्रहार गर्दै खेल सकाएका थिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । यो जितसँगै नेपाल २६ खेलमा २२ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । स्कटल्यान्ड ३४ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा यथावत् छ । नेपालले शृङ्खलामा भोलि शनिवार नामिबियासँग र आउँदो मङ्गलवार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img