दिपक-सुमन जैसवाल/ गैडहवा
रुपन्देहीको गैडहवा गाउँपालिकामा चौथो गैडहवा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९को उपाधि सुर्यपुरा माध्यामिक विद्यालयले हात पारेको छ । चौथो गैडहवा राष्टपति रनिङ सिल्ड प्रतियोगिताको खेलमा सुर्यपुरा माध्यमिक विद्यालयले ११ स्वर्ण १ रजत र ६ कास्य पदक हासिल गर्दै नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गरि उपाधी हात पारेको छ । त्यसैगरी हसनापुर माध्यमिक विद्यालयले ८ स्वर्ण ६ रजत र ४ कास्य पदक हासिल गरि १० हजार रुपैया सहित दोस्रो स्थान हासिल गरेको छ भने तेश्रो स्थान प्राप्त गर्ने जीवन ज्योति माध्यमिक विद्यालयले ४ स्वर्ण ९ रजत र ५ कास्य पदक हासिल गर्दै ५ हजार रुपैया प्राप्त गरेको छ।
प्रतियोगिताका विजेता तथा उपविजेता बिधार्थीहरुलाई सम्मान तथा पुस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले प्रतियोगिताले बिद्यार्थीको अन्तरनिहित क्षमताको उजागर गर्न सहयोग पुग्ने बताउनु भयो। कुनै पनि प्रतियोगितादाई हारजितको नजरले हेर्न नुहने भन्दै अधयक्ष पौडेलले खेलकुद आफ्नो स्वास्थ्यका खेल्दै गर्दा देशका लागि पनि खेलिएको हुने र प्रतियोगिताले खेलाडीहरुमा आपसी एकता, सहकार्य र समन्वय गर्ने भावनाको बिकास हुने उल्लेख गर्नु भयो।
पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९को समापनमा कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष माधुरी जैसवाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, स्थानीय बुद्धिजीवी, अभिभावक लगायतको उपस्तिथि रहेको थियो। कार्यक्रममा बिद्यार्थहरुद्वारा विभिन्न नृत्य तथा सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत समेत गरेका थिए ।
सूर्यपुरा बहुमुखी क्याम्पसको खेलमैदानमा भएको प्रतियोगिता शिक्षा शाख प्रमुख माधवराज पौडेलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थीलेले स्वागत गर्नु भएको थियो।