spot_img
spot_img
spot_img

छैठौं रवि किरण स्मृति कपको उपाधी हिलवर्ट मावि कपिलवस्तुलाई

spot_img

कञ्चन ।
रुपन्देहीको कञ्चनमा सञ्चालन भएको छैठौं रवि किरण स्मृति कप (बि) लेभल भलिबल प्रतियोगिता २०७९ को उपाधी कपिलबस्तुको हिलवर्ट माविले हात पारेको छ। यही फागुन ३ गते देखि सञ्चालित प्रतियोगितामा बरपिपलचोक उपविजेता भएको छ। हिलवर्ट माविले बरपिपलचोकलाई ३/१ को सेटमा पराजित गरी उपाधी हात पारेको हो। उपाधी जितसंगै हिलवर्ट मा।वि।ले नगद ५१ हजार १११ रुपैया र कप तथा मेडल प्राप्त गरेको छ। यसैगरी उपविजेता टिम बरपिपलचोकले ३१ हजार १११ रुपैया नगद सहित कप र मेडल प्राप्त गरेको जनआस्था पृथ्वी क्लवका सचिव हिमाल थापाले जानकारी दिनु भएको छ। महाशिवरात्रीको अवसरमा आफ्ना पुर्व सदस्यहरु रवि गुरुङ्ग र किरण श्रेष्ठको सम्झनामा जनआस्था पृथ्वी क्लव, कञ्चन ४, रुपन्देहीले आयोजना गरेको प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए। कञ्चन ४ रुपन्देहीको बुद्ध रंङ्गशालामा भएको प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा हिलवर्ट मा।वि।का संगम श्रीस पुस्कृत भएका छन । उनले नगद २ हजार रुपैया सहित शिल्ड प्राप्त गरेका थिए।

प्रतियोगिगतामा उत्कृष्ट सर्भर हिलवर्टका बविन थापा, हिल्वर्टकै विनोद बि।क।उत्कृष्ट सेटरको रुपमा पुरस्कृत भएका छन। यस्तै बरपिपलका ईश्वर सुनार उत्कृष्ट स्पाइकर र ललित शाही ठकुरी उत्कृष्ट ब्लकर भएका छन। तयस्तै प्रतियोगितामा हिलवर्टका राज बहादुर खवास उत्कृष्ट डिफेण्डर र बरपिपलका किसन गुरुङ्ग अनुशासित खेलाडीको रुपमा पुरस्कृत भएको क्लवका सचिव हिमाल थापाले जानकारी दिनु भयो। बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई जनही १(१ हजार रुपैया पुरुस्कार स्वरुप प्रदान गरिएको थियो। प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरुलाई पुरस्कार वितरण गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले खेलकुद शारिरीक सुसगठनको मुख्य आधार भएको बताउनु भएकोछ। खेलकुदले दुरीले टाढा भएका संस्था, खेलाडी र सम्बन्धलाई नजिक ल्याउने समेत अध्यक्ष ढकालले बताउनुभयो।

खेलकुद र मानविय बिकास विना कुनै पनि भौतिक बिकास तथा पुर्वाधार र समृद्धिको कल्पना समेत गर्न नसकिने अध्यक्ष ढकालले बताउनु भयो। यस्तै कार्यपालिका सदस्य चित्र तुलाचनले खेलकुदलाई उत्पादन र आय आर्जनसंग जोडिनु पर्नेमा जोड दिनु भयो। कुनै पनि आयोजना तथा प्रतियोगिताहरु संचालन गर्दा सरोकारवालहरुको आय आर्जनसंग समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध जोडिएको हुनु पर्ने कार्यपालिका सदस्य तथा गाउपालिकाका सदस्य तुलाचनले बताउनुभयो। क्लवका अध्यक्ष उदय बहादुर आलेको अध्यक्षता तथा सचिव हिमाल थापाको सञ्चालनमा भएको पुरस्कार वितरण कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरको समेत उपस्थिति रहेको थियो। आज क्लवले आयोजना गरेको महाशिवरात्री मेलामा डिजे मारियो र एम।सी फ्लोको बिशेष प्रस्तुती रहने जनआस्था क्लवका प्रेम सिंह रानाले जानकारी दिनु भयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img