६ फागुन, रुपन्देही ।
आज महाशिवरात्री हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी देशभर मनार्इएको छ। पशुपति क्षेत्रमा साधुपर्व,सन्त एवम् भक्तजनहरुको भिड लागेको थियो । यसैगरी रुपन्देहीको कञ्चन, गैडहवा र सैनामैनामा रहेको शिवालय मन्दिरहरुमा आज शिवलिङ्गको पुजापाठका लागि घुईँचो लागेको थियो। आज नै बिभिन्न स्थानहरुमा बिभिन्न मेला र तथा साँस्कृति कार्यक्रमहरु समेतको आयोजना गरी महाशिवरात्री मनार्र्इएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा बर्णन गरिएको छ ।
फागुन कृष्ण चतुदशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ। माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्वलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व अर्थात जगत्वको कल्याण गर्ने तत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्री मनाउने गरिएको हो।
आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्ततनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ। पाल्पामा रहेको सिद्धबाबा मन्दिरमा पनि आज भन्तजनको घुईँचाृ लागेको थियो । दिउँसोसम्म पनि त्यहाँ पुजाआजा गर्नेको भिड लागेको थियो ।




