७ फागुन, देवदह ।
कृषि र पर्यटनको विकास विना देवदहको विकास असंभव रहेको देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले बताउनुभएको छ। उहाले पर्यटनको विकासले मात्र आर्थिक उपार्जन गर्न सकिने भएकोले नगरपालिकाले निर्माण गरेको पर्यटन गुरुयोजना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। सातौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव अन्र्तगत आयोजित पर्यटन गोष्ठीमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो। नगर प्रमुख खरेलले देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न सवैसंग हातेमालो गरेर अगाडि बढ्नेमा जोड दिनुभयो। उहाँले नगरपालिकाले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नेपाली सेना संगको सहकार्यमा सरनवारी देखि माथागढी सम्म सिढी मार्गको काम अगाडि बढाएको बताउनुभयो। उहाँले पर्यटन विकास परिषद गठन र ऐन निर्माणको लागि आगामी नगर सभामा पेश गर्ने गरी काम गर्ने दावी गर्नुभयो।
उहाँले देवदहको विकास र समृद्धिको लागि लुम्विनी विकास कोष संग समन्वय र सहकार्य गरेर देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको उत्खनन्को लागि पहल गर्ने बताउनु भयो। सोही अवसरमा बोल्दै लुम्विनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न नगर पर्यटन विकास परिषद आवश्यक रहेकोले स्थानीय तहले पर्यटन ऐन निर्माण गरेर जानु पर्ने बताउनुभयो। उहाले देवदहको विकासमा लुम्विनी विकास कोषले आवश्यक सहजीकरण गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो। यसैगरी पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले देवदह क्षेत्रमा रहेका सामुदायिक वनलाई विविधिकरण गर्न सकिए देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न सकिने बताउनुभयो।
उहाँले देवदहमा रहेका पुरातात्विक क्षेत्र उत्खनन् गर्न आवश्यक रहेको बताउदै त्यसको लागि लुम्विनी विकास कोषले सहयोग गर्नु पर्ने बताउनु भयो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन विद् हरिध्वज राईले पर्यटकलाई आकर्षित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनु भयो। उहाले पर्यटकको आगमनले मात्र आर्थिक विकास हुने भएकोले स्थानीय स्तरमा रहेका श्रोत साधन प्रयोग गर्दै पर्यटक आकर्षित हुने गरी विकास निर्माणका काम अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। उहाले स्थानीय स्तरमा रहेका विभिन्न कला, संस्कृति र संस्कारले पर्यटक भित्रयाउन सकिने बताउनु भयो। उहाले पर्यटक तान्नको लागि स्थानीय उत्पादनलाई व्राण्डित गर्न आवश्यक रहेको औल्याउनु भयो। कार्यपत्र माथि टिप्पणी गर्दै गणेश घिमिरेले देवदहको विभिन्न क्षेत्रमा बुद्ध संग सम्वन्धीत मूर्तिहरु राख्नसके देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न सकिने बताउनुभयो।
उहाले देवदह क्षेत्रमा होमस्टे संचालन गर्नुपर्ने, पर्यटन मैत्री वातावरण तयार गर्नुपर्ने र देवदह स्तम्भ निर्माण गर्नुपर्नेमा जोड दिनु भयो। महोत्सव अन्र्तगत गठन भएको पर्यटन प्रवद्र्धन उपसमतिका संयोजक भरत तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश पर्यटन विकास परिषदका रामु जोसी, यम राना, प्रकाश अर्याल, सोमराज महाराज, भिप्रसाद गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो। सहसंयोजक प्रमोद खनालको स्वागत र महासचिव थानेश्वर लम्सालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।