देवदह ।
श्री खड्ग माध्यमिक विद्यालयको हिरक महोत्सव सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल अग्रहरीको अध्यक्षता र प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री छविलाल विश्वकर्माको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेश सभा सदस्य माननीय जानकी न्यौपानेको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य माननीय छबिलाल विश्वकर्माले स्व। खड्ग बहादुर गुरुङले पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो। उहाले विद्यालयले अगाडी सारेका योजनालाई आफू र तिनै तहको सरकारको समन्वयमा सहयोग गर्ने प्रतिवद्द्ता समेत व्यक्त गर्नुभएको थियो। उहाले अभिभावकले समेत आफ्ना बालबालिकाकोब पठन पाठनको विषयमा ध्यान दिन जरुरी रहेको बताउनुभयो। उहाले भगत सर्वजित स्मृति प्रतिष्ठानले स्व।अङ्गीरा प्यासीको नाममा एक लाख बराबरको अक्ष्यकोषको स्थापना गर्ने घोषणा समेत गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले यस विद्यालयलाई यहाँ सम्म ल्याईपुर्याउनुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाले भोलीका दिनमा यहाका विद्यार्थीले माथिल्लो स्तरमा आफ्नो नाम लेखाउन सफल होउन् भन्ने शुभकामना समेत दिनुभएको थियो। उहाले अभिभावकलाई आफ्नो बच्चाहरूलाई के कसरी पढेका छन भनेर बेला बेला विद्यालयमा अनुगमन गरिरहन आग्रह समेत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले हीरक महोत्सवको अवसरमा विद्यालयको व्यवस्थापन, शैक्षिक गुणस्तर यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो। उहाले सामुदायिक विद्यालयको संरक्षण, यसको विकास गर्न अभिभावक, विद्यार्थी साथै यस क्षेत्रको हामी सम्पूर्णको उत्तिकै महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो। उहाले आहिलेको शिक्षालाइ रुपान्तरण गर्नु पर्ने बताउदै विद्यालयले प्राविधिक शिक्षालाई विशेष जोड दिनु पर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै खड्ग परिवारको सदस्य तथा बर्दघाट नगरपालिका वडा नं ५ को वडा अध्यक्ष विमला गुरुङले विद्यार्थीहरुले शिक्षाको साथ साथै सस्कार पनि सिक्नु पर्ने बताउनुभयो। विद्यार्थीले सस्कार भुले जीवन उजाड हुने र सस्कार सिके जीवन फुल जस्तो हुने उहाले बताउनुभयो। कार्यक्रममा रेडियो देवदहका अध्यक्ष प्रजापति सापकोटा, सिक्टन मा।वि का प्रधानाध्यापक दुधनाथ कवर, संस्थागत विद्यालयको तर्फ बाट केशव खनाल, योग गुरु नमकान्त पाण्डे, समाजसेवी व्यक्तित्व अजय रौनियार, पुर्व प्रधानाध्यापकहरुको तर्फबाट दिपक बञ्जाडे, जनता माविका शिक्षक कृष्ण प्रसाद अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो।
हिरक महोत्सवको अवसरमा स्व।खड्ग बहादुर गुरुङको सालिक अनावरण गरिएको थियो। साथौ खड्ग स्मारिका समेत विमोचन गरिएको थियो। कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक, कर्मचारी र विद्यालयका चौतर्फि विकासका लागि सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरिएको थियो कार्यक्रममा विद्यालयका प्रार्चाय बाबुराम बस्नेतले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। विद्यालयका सहायक प्र।अ राजिव प्रसाद अग्रहरीको स्वागत र शिक्षक पुर्शोत्तम बश्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। विद्यालयमा हाल ४ सय ८० जना विद्यार्थी र १७ जना शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ।