spot_img
spot_img
spot_img

१० दिने गुडिया बनाउने तालिम सम्पन्न

spot_img

देवदह // रुपन्देहीको देवदह नगरपालिका वडा नं ४ मा १० दिने गुडिया बनाउने तालिम सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नं ४ को आर्थिक सहयोग, सेवा डिलको प्राविधिक सहयोग र ग्लोबल कलेज अफ इन्जिनियरिङ टेक्नोलोजीको आयोजनामा शुरु भएको तालिम सोमबार सम्पन्न भएको हो।

माघ २६ गतेबाट शुरु भएको तालिमको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको हो। समापन कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले तालिम प्रभावकारी भएको र यस व्यवसायलाई व्यवस्थित रुपमा अगाडी बढाउदै गएमा यहाका महिला दिदिबहिनीहरु आर्थिक रुपमा सक्षम हुने बताउनुभयो।

कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले तालिममा सिकेका ज्ञान व्यवहारमा उर्तान सकेमात्र तालिमको औचित्य हुने बताउनुभयो। उहाले महिला दिदिबहिनी हरू लाई आत्मनिर्भर बनाउन तालिम उपयोगी हुनेमा आँफु विश्वस्त रहेको बताउनुभयो।

तालिम समापनका अवसरमा बोल्दै सहभागीको तर्फबाट गोमा भण्डारी र सारदा मिजारले तालिम निक्कै उपलव्धी मुलक भएको बताए। तालिममा २६ जना महिला दिदिबहिनिहरुको सहभागीता रहेको थियो। तालिमको सहजीकरण मिना थापा श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रम ग्लोबल कलेज अफ इन्जिनियरिङ टेक्नोलोजीका प्रबन्ध सञ्चालक काशीराम खनालको अध्यक्षता र देवदह नगरपालिका कार्यपालिका सदस्य शान्ता भट्टराईको स्वागत र वडा सचिब विष्णु पोखरेलको सञ्चालनमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img