spot_img
spot_img
spot_img

देवदह बोर्डिङको रजत महोत्सव : भलिवल प्रतियोगिताको पहिलो चरणका खेलहरु सम्पन्न

spot_img

झविन्द्र देवकोटा, बुटवल ।

रुपन्देहीको देवदहमा जारी देवदह नगर स्तरीय अन्तरमावि छात्र भलिवल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । स्थानीय देवदह इङलिस माध्यमिक विद्यालय पिपलडाडाको रजत महोत्सवको अवसरमा आयोजित भलिवलमा सोमबार पहिलो चरणका खेलहरु भएका हुन् । सोमबार भएको पहिलो चरणका खेलहरुमा देवदह मा विलाई २–० सेटको सोझो सेटमा हराउदै कोलिया इङ्लिस बोर्डिङ स्कूल विजयी भएको छ । यस्तै दोस्रो खेलमा देवदह इंग्लिस बोर्डिङ स्कूलले न्यू लुम्बिनीलाई २–१ को सेटमा हरायो भने तेस्रो खेलमा जनप्रिय मावि भलुहीलाई र देवदह मदरटङ्सले २–० को सोझो सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै सोमबार नै भएको चौथो खेल सरस्वती माविलाई एशियन लाइटले २–० को सोझो सेटले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको खेल संयोजक अर्पण पौडेलले बताउनुभयो ।

देवदह नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका १६ समुहहरु सहभागि भएको प्रतियोगितामा मंगलबार क्वाटर, सेमिफाईनलका खेलहरु हुने खेल संयोजक पौडेलले जानकारी दिनुभयो । मंगलबार सबै खेल भएमा फाईनल पनि मंगलबार हुने र नसकिए बुधबार बिहान फाईनल खेल हुने छन् । राष्ट्रिय भलिवल खेलाडी प्रताप खवास र आकाश बेल्बासेले प्रशिक्षकको भुमिका निभाउनु भएको प्रतियोगिताको विजेताले ५ हजार नगद, द्वितीयले ३ हजार नगद र तृतीय हुनेले २ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयका संस्थापक प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । सोमबार देखि सुरु भएको नगर स्तरीय भलिवलको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद्को सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुदको विकास र खेलाडि उत्पादनका संस्थागत विद्यालयको योगदानलाई बिर्सन नहुने बताउनुभयो । उहाँले खेलक्षेत्रका समग्र विकासका लागि स्थानीय तहले संस्थागत र सामुदायिक विद्यालयहरुसँग समन्वय गरेर खेलक्षेत्रमा आशालाग्दा खेलाडि उत्पादन गर्न सघाउनु पर्ने सुझाव दिनुभयो ।

विद्यालयका अर्जुन कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्याल, सामाजिक अगुवा रामप्रसाद देवकोटा, यज्ञ तिवारी, कमल पौडेल लगायतले खेल क्षेत्रको विकासका लागि विद्यालयतहबाटै विद्यार्थीलाई खेलकुदमा रुची जगाउनु पर्नेमा जोड दिनुभयो । यसैबीच विद्यालयले स्थापनाको २७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सप्ताहब्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउँदै छ । विद्यालयले ७ गते सरसफाई कार्यक्रम र पुर्वविद्यार्थी मिलन कार्यक्रम सम्पन्न गरि सकेको छ भने १० गते अभिभावक खेलकुद र स्वास्थ्य शिविर, ११ गते पुरस्कार वितरण कार्यक्रम तथा १२ गते मुल समारोहका साथमा रजत महोत्सव मनाउने कार्यक्रम रहेको सहायक प्राचार्य मनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img