भैरहवा ।
रुपन्देहीमा कर्तव्य ज्यान मुद्धामा १० बर्ष कैद फैसला भई फरार रहेका प्रतिवादी १९ बर्षपछी पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको साविक वसन्तपुर गाविस वडा नंम्बर वडा नं ९ हाल ओमसतिया गाउँपालिका वडा नं ४ बस्ने बर्ष ४६ को श्रीराम हरिजन रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तीमा तत्कालिन पुनरावेदन अदालत बुटवल रुपन्देहीले मिति २०६०।०१।१० गते गरेको फैसलाले कर्तव्य ज्यान मुद्धामा १० बर्ष कैद सजाय भई फरार रहेका ओमसतिया ४ बस्ने बर्ष ४६ को श्रीराम हरिजनलाई आज जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनकै घरमा फेला पारी पक्राउ गरेको हो।
फैसला कार्यान्वयनको सिलसिलामा निज प्रतिवादीलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराई कैद भूक्तानको लागी जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभएको छ।