spot_img
spot_img
spot_img

लुम्बिनीमा सात वर्षदेखि सटही हुन नसकेका १ करोड बढीका विदेशी मुद्रा साट्न प्रकृया थालियो

spot_img

लम्बिनी ।

लुम्बिनीमा सात वर्षदेखि सटही हुन नसकेका १ करोड बढीका विदेशी मुद्रा साट्न प्रकृया अगाडी बढाईएको छ । लुम्बिनी आएका ३९ वटा मुलुकका पर्यटकहरुले दानपेटिकामा चढाएका मुद्रा पछिल्लो सात वर्षदेखि सटही हुन नसक्दा नेपाली १ करोड १७ लाख ९५ हजार ९६६ रुपैयाँ त्यतिकै बाकसमा थन्किएका छन । ति विदेशी मुद्रालाई सटहीका लागि आज बिहीबार नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सैद्धान्तिक सहमती भएको छ । लामो समय लुम्बिनीमा थन्किएका विदेशी मुद्रा सटही हुने प्रक्रिया अघि बढेको विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिनुभएको छ ।

अहिले नेपाल राष्ट्र बैंकले मुद्रा सटहीका लागि सैद्धान्तिक सहमति गरेको र अब केही दिनमै लुम्बिनी विकास कोषले विदेशी मुद्रा राष्ट्र बैंक सिद्धार्थनगरमा सटही प्रक्रियाका लागि बुझाउनेछ । लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको मुख्य स्रोत रहेको दानवापतको भेटी सटही नहुँदा मुद्रा मक्किने र च्यातिने जोखिम बढेको थियो। लुम्बिनी घुम्ने आउने पर्यटकले दानपेटिकामा आफ्नै देशको मुद्रा चढाउने गरेका छन। यसरी जम्मा भएको विदेशी मुद्रा पछिल्ला वर्षमा सटही हुन सकेको थिएन।

लुम्बिनी विकास कोषले मुद्रा सटहीका लागि राष्ट्र बैंक सिद्धार्थनगरमा बुझाएपछि सिद्धार्थनगरबाट राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पठाइने छ। केन्द्रीय कार्यालयले आफ्नो एजेन्सी बैंक सिंगापुरमा मुद्रा सटहीका लागि पठाउने छ। त्यसपछि सटही भएर नेपाल राष्ट्र बैंकमा आएपछि लुम्बिनी विकास कोषको खातामा जम्मा हुने जनाईएको छ । राष्ट्र बैंकले टालिएका, च्यातिएका, केरमेट भएका र रङ लागेका नोट भने सटही हुन नसक्ने भन्दै त्यस्ता नोट नपठाउन कोषलाई सुझाव दिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img