तौलिहवा ।
तिलौराकोटमा विगत बर्षजस्तै यस बर्ष पनि उत्खनन कार्य सुरु गरिएको छ । गौतम बुद्धले २५ वर्ष बिताएको यश प्राचीन तिलौराकोटमा सुरु भएको उत्खननमा बेलायतका दुरह्याम विश्वविद्यालय, पुरातात्विक विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको छ । उत्खनन कार्य ४५ दिनसम्म चल्नेछ ।
तिलौराकोटको पूर्वीद्वार अगाडिको संरचना, कन्थक स्तूप नजिकै भेटिएका विहार र पोखरीको अनुसन्धान कार्य सुरु गरिएको बताईएको छ ।
तिलौराकोटमा ‘भिजिटर सर्भे’ र अरू टोली आउने क्रम जारी रहेको पुरातात्विक विभागका प्रमुख पुरातात्विक अधिकृत एवं प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभएको छ । टोली आइसकेपछि कपिलवस्तु जिल्लामा रहेका विभिन्न पुरातात्विकस्थलमा ‘जियोफिजिक्स सर्भे’लगायतका कार्य गर्ने योजना रहेको उहाँको भनाई छ ।
विगत वर्षहरूमा मुख्य दरबार क्षेत्र, उत्तरीद्वार, मौर्यकालिन पोखरी, समयमाई मन्दिर पछाडी, शिवगढ, कन्थक स्तूपलगायतको क्षेत्रमा उत्खनन भइसकेको लुम्बिनी विकास कोषका पुरातात्विक अधिकृत हिमाल उप्रेतीले बताउनुभयो ।