काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछाने विश्वकप लिग–२ अन्तर्गतको शृङ्खलाका लागि खेल खेल्न विदेश जान नपाउने भएका छन् । लामिछानेले खेल्न जान पाउँ भनेर गएको बिहीवार सर्वोच्चमा रिट दायर गरेका थिए ।लामिछानेले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ राखेर आउँदो आइतवार पेशी तोक्न आदेश दिएको छ । सोमवारदेखि सुरु हुने नेपालको आठौँ शृङ्खलामा यूएई र पपुवा न्युगिनीसँग दुईरदुई खेल हुँदैछ । त्यसका लागि नेपाली टोली भोलि दुबई जाँदैछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??