काठमाण्डौ ।
सार्वजनिक विदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिजो फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक विदामा खोल्ने निर्णय गरेको जानकारी दिनुभयो ।
कस्ता विदामा कार्यालय खोल्ने भन्ने तोक्न बाँकी रहेको उहाँले बताउनुभयो । बिदाका दिन कुन कार्यालय खोल्ने भन्ने विषयलाई मन्त्रिपरिषद्को प्रशासनिक समितिले टुङ्गो लगाउने छ । त्यस्ता बिदा र कार्यालयका नाम छिट्टै तोकिने उहाँले जानकारी दिनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??