spot_img
spot_img
spot_img

हलिउड निर्माता हार्वी वाइन्स्टिनलाई बलात्कार मुद्दामा १६ वर्षको जेल सजाय

spot_img

एजेन्सी ।

क्यालिफोर्नियाको एक अदालतले चर्चित हलिउड चलचित्र निर्माता हार्वी वाइन्स्टिनलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै १६ वर्षको जेल सजाय सुनाएको छ। बलात्कार र यौन दुर्व्यवहारका तीनवटा मुद्दामा सुनुवाइ सुरु भएको झण्डै दुई महिनापछि फैसला गर्दै अदालतले वाइन्स्टिनलाई १६ वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । यसअघि सन् २०२० मा बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा समेत दोषी ठहरिएपछि वाइन्स्टिनले न्युयोर्कमा २३ वर्षको सजाय भोग्दैछन्।

न्यायाधीशले वाइन्स्टिनलाई न्युयोर्कपछि लगातार लस एन्जलसको सजाय पूरा गर्न आदेश दिएका बीबीसीले जनाएको छ। वाइन्स्टिनको घटनासँगै विश्वभर ुमीटु मुभमेन्टु को लहर सुरु भएको थियो । वाइन्स्टिनलाई दोषी ठहराइएको तीन वटै आरोप एक युरोपेली मोडलसँग सम्बन्धित छन् । जसले २०१३ मा एलए इटालिया फिल्म फेस्टिवलपछि मिस्टर सी होटलमा वाइन्स्टिनद्वारा बलात्कृत भएको बयान दिएकी थिइन् । वाइन्स्टिन एक समय अमेरिकी चलचित्र उद्योगका सबैभन्दा शक्तिशाली व्यक्तिमध्ये एक थिए । ७१ वर्षका वाइन्स्टिनले बाँकी जीवन जेलमा बिताउनुपर्ने देखिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img