काठमाण्डौ ।
नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सघाउने आठ दलबीच सहमति भएको छ । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको नेकपा एसका नेता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ । पुरानो सत्ता गठबन्धनका पाँच दलमा अरु तीन दल थपिएका हुन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका थिए । नेपाली कांग्रेसले भोलि बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??