१४ फागुन, रूपन्देही ।
नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘ए’ को खेल सुरु भएको छ। आइतबार भएको डिभिजन ‘ए’ को खेलमा जीआर क्रिकेट क्लब विजयी भएको छ । जीआरले शंकरनगर क्रिकेट क्लबमाथि २ सय २० रनको फराकिलो अन्तरले जित निकालेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको जीआरले निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ६४ रनको उच्च योगफल बनाएको थियो।
जवाफी ब्याटिङ गरेको शंकरनगर ३४.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रनमै रोकिएको थियो । जीआरका संदीप सुनार म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएका छन। चैत ३ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन्।