spot_img
spot_img
spot_img

नेपालले पीएनजीलाई ४ विकेटले हरायाे

spot_img

काठमाडौं ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ४ विकेटले हराउदै जित निकालेको छ ।पीएनजीले दिएकाे २ सय ४ रनकाे लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायाे । यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ‌ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायाे ।

नेपालले लिग–२ मा लगातार पाँचाैँ जित निकाल्दा एकदिवसीय क्रिकेटमा लगातार ५ जितकाे कीर्तिमान बनाउन सफल भएको छ । यसअघि घरेलु मैदानमा भएकाे भएकाे खेलमा नेपालले स्कटल्यान्ड र नामिबियालाई २/२ खेलमा हराएकाे थियाे । याे जितपछि नेपाल २९ खेलमा २८ अङ्कका साथ तालिकाकाे छैटाैँ स्थानमा छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img