रुपन्देही ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’को आज सोमबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । खुकुरीले तिलोत्तमा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।
सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनको सामान्य योगफल बनायो । प्रतिउत्तरमा लुम्बिनी खुकुरीले ३३.५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ६० रन बनाउँदै लक्ष्य भेट्टायो र जित निकाल्यो । आजको खेलमा खुकुरीका शाह आलम म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरेका छन । चैत ३ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।