spot_img
spot_img
spot_img

भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा शुभारम्भ

spot_img
भैरहवा ।

भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा शुभारम्भ गरिएको छ । २ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको हो। बिरामीहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटी स्क्यान र यहाँ उपचार गर्ने बिरामीहरुको लागि सहजता र सुविधा दिने उद्देश्यले ब्लड बैंकको स्थापना गरिएको अस्पतालले जनाएको छ ।

सिटी स्क्यान र ब्लड बैंक सेवाको सोमबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले उद्घाटन गर्नुभएको हो। सो अवसरमा बोल्दै मन्त्री पन्थीले भीम अस्पतालमा धेरै सुधार भएको बताउदै  उनले सीमित स्रोतसाधनका बाबजुद अस्पतालले राम्रो सेवा प्रदान गरेको उल्लेख गर्नुभयो ।

उहाले प्रदेश सरकारले अस्पताललाई आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  उहाँले अस्पतालबाट उपलब्ध हुने सेवाका लागि बाहिर पठाउने कुरा गद्दारी गर्नु भएको बताउनुभयो ।  सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीसँग राम्रो व्यवहार गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img