बुटवल ।
बुटवलको नयाँ बसपार्कमा निशुल्क वाइफाई इन्टरनेट सेवा सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशन सँगको सहकार्यमा बसपार्क क्षेत्रमा निशुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको हो । मंगलबार निशुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियानअन्तरगत निशुल्क वाइफाइ इन्टरनेट जडान गरेको बताउनुभएको छ।। उहाँले बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका रुपमा सञ्चालन हुने गरी अन्य सुविधाहरु समेत थप गर्दै जाने उल्लेख गर्नुभयो ।
उहाँले बसपार्कभित्रका धेरै समस्याहरु समाधान गर्दै सफा र सुरक्षित बनाउने काम उपमहानगरपालिकाले निरन्तर गरिरहेको बताउँदै बस टर्मिनलको भवनमा छिटै नै स्तरीय क्यान्टिन सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । वल्र्डलिंक कम्युनिकेशनका क्षेत्रीय प्रबन्धक आनन्द झाले निशुल्क वाइफाइ इन्टरनेट जडान गर्न बुटवल उपमहानगरपालिकाले गरेको अगुवाईप्रति खुशी व्यक्त गर्नुभयो ।