spot_img
spot_img
spot_img

रुपन्देहीमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सुरु

spot_img

रुपन्देही ।

‘ट्राफिक नियमको पालना सभ्य समाजको सृजना’ भन्ने नाराका साथ मंगलबारदेखि रुपन्देहीमा सवारी दुर्घटना न्यूनीकरण तथा लेन अनुशासनसम्बन्धी सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम–२०७९ सुरु भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकार राज पन्तले बताउनुभएको छ। उहाँले ८० प्रतिशत दुर्घटना मानवीय लापरवाहीका कारण हुने भएकाले दुर्घटना न्यूनीकरणका लागि सडकमै कार्यक्रम गरिने बताउनुभएको छ।।

मंगलबार पहिलो दिन भैरहवाको देवकोटाचोकबाट सुरु भएको प्रभातफेरी बैंकरोड, मिलनचोक, प्रहरीटोल, नारायणपथ, बर्मेलीटोल हुँदै बुद्धचोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सवारीसाधनमा ट्राफिक सचेतनासम्बन्धि कुरा लेखिएका स्टिकर टांसेर उद्घाटन गनर््भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० भरत बहादुर वि।क।ले सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति भएको बताउन्भएको छ । उहाँले सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र सफल नहुने भएकोले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img